ट्रक र माेटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु, एक घाइते

ट्रक र माेटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु, एक घाइते

तनहुँः जिल्लाकाे ब्यास नगरपालिका-१ गल्फुबेंशीमा आइतबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।

गल्फुबेंशीबाट भादगाउँतर्फ जाँदै गरेको को१ध ४० नम्बरकाे मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ग२१प ४९३६ नम्बरको मोटरसाइकल हिजो साँझ ६ बजे एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक स्थानीय १८ वर्षीय रोशन गुरुङको उपचारका क्रममा जिल्ला अस्पताल दमौलीमा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकलमै सवार १८ वर्षकै रोशन घर्तीलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ।

दुवै सवारी साधनसहित गाडी चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ।

कात्तिक १५, २०७८ सोमबार ०८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।