माैसम अपडेट: प्रदेश १, गण्डकी र कर्णालीमा वर्षाकाे सम्भावना

माैसम अपडेट: प्रदेश १, गण्डकी र कर्णालीमा वर्षाकाे सम्भावना

काठमाडाैंः माैसम पूर्वानुमान महाशाखाले नेपालकाे प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा वर्षाकाे सम्भावना रहेकाे जनाएकाे छ। हाल नेपालमा उल्लेखनीय माैसम प्रणाली नभए पनि देशका पहाडी र हिमाली भूभागमा आंशिक बदली भएकाले ती स्थानमा वर्षाकाे सम्भावना रहेकाे हाे। 

आज दिउँसाे पहाडी भूभागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै आज राती प्रदेश नं १, गण्डकी र कर्णाली  प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

कात्तिक १५, २०७८ सोमबार ०८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।