न्यायालयलाई अलपत्र पारेर प्रधानमन्त्री विदेश गएको भन्दै पूर्व राष्ट्रपतिको गरे आलोचना

न्यायालयलाई अलपत्र पारेर प्रधानमन्त्री विदेश गएको भन्दै पूर्व राष्ट्रपतिको गरे आलोचना

‘बिपी विचार, नीति र व्यवहार’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै यादवले न्यायालय सम्बन्धी प्रतिष्ठित व्यक्ति, कानुनविद् लगायतकाहरुसँग सल्लाह गरेर अहिले देखिएको विवाद समाधानको साटो विदेश भ्रमणमा गएको भन्दै देउवाको आलोचना गरे।

न्यायालयमा सारा न्यायाधीश, बुद्धिजीवी, संविधानविद् र कानुनविद्हरू एकातिर हुँदा पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिन्न भन्नुको कारण के हो भन्दै उनले सरकारले सल्लाह गरेर तत्काल यो समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए।

'प्रधानन्यायाधीश म छोड्दिन भन्छन्। केही नभए एक्लै बेन्चमा बस्छन्। कसको तागतमा?,' उनले भने 'न्यायका प्रतिष्ठित व्यक्तिहरू, कानुनविद्हरूसँग सल्लाह गरेर ती समस्यालाई हल गर्नु पर्दैन?'

कात्तिक १४, २०७८ आइतबार १८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।