सैनिक अदालत पठाएको मुद्दा जिल्ला अदालतमा फर्काउन सर्वोच्चको अन्तरिम आदेश
महान्यायाधिवक्ता कार्यालयले चितवन जिल्ला अदालतसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सो मुद्दा चितवन जिल्ला अदालतमा फर्काउन अन्तरिम आदेश दिएको हो।
जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौँडा इजलासले सैनिक अदालतमा पठाउने आदेश गरेको थियो। सो आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा अदालतमा रिट दायर गरेको थियो।
प्रधानन्यायाधीश जबराले आइतबार सो मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्दै विपक्षीसँग लिखित जवाफ माग गरेका छन्।
कात्तिक १४, २०७८ आइतबार १७:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।