भन्सार छलेर भित्र्याएका कपडा फेला पर्यो
भारतबाट अवैध रूपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट इट्टाटारबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो।
यसै गरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कलैयाबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक १३ गते भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको करिब १ लाख १३ हजार रुपैयाँ बराबरको चोरी पैठारीको लत्ताकपडा बारा जिल्लाको फेटा गाउँपालिका २ स्थित सीमा इलाकाबाट बरामद गरेको छ।
बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
कात्तिक १४, २०७८ आइतबार १७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।