नदीमा डुबेर १३ र १० वर्षीय बालककाे मृत्यु

नदीमा डुबेर १३ र १० वर्षीय बालककाे मृत्यु

कैलालीः नदीमा नुहाउने क्रममा शनिबार डुबेर दुई बालककाे मृत्यु भएको छ। मृत्यु हुनेमा भजनी नगरपालिका–३ ढुसीका १३ वर्षीय धनन्जय निसाद र सोही ठाउँका १० वर्षीय अरबिन्द्र चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार काँडा नदीमा नुहाउने क्रममा उनीहरूकाे डुबेर मृत्यु भएको हाे।

दुवै बालककाे शव फेला परिसकेकाे छ। प्रहरीले घटनाकाे थप अनुसन्धान गरिरहेकाे बताएकाे छ। 

कात्तिक १४, २०७८ आइतबार ०८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।