माैसम अपडेट: प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा वर्षाकाे सम्भावना
काठमाडाैंः माैसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा वर्षाकाे सम्भावना रहेकाे बताएकाे छ। हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभए पनि देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएकाे छ।
यस्तै देशका अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ।
आइतबार दिउँसाे प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै आज राति पनि यही माैसम प्रणाली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
कात्तिक १४, २०७८ आइतबार ०७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।