आबुधाबी डाइलगमा सहभागी श्रम मन्त्री श्रेष्ठ नेपाल फर्के
काठमाडौँ : छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा भाग लिएर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आज स्वदेश फर्किएका छन्।
कात्तिक ८ देखि १२ गतेसम्म दुबईमा सम्पन्न श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागी हुन मन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव डा. थानेश्वर भुसाल कार्तिक ७ गते दुबई गएका थिए।
मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न गन्तव्य देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै निःशुल्क खान बस्न व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम गर्नुपर्ने र आगमन तथा प्रस्थान विन्दुमा निःशुल्क पिसिआर परीक्षण, निःशुल्क क्वारेनटाइन तथा आइसोलेसन सेन्टरको व्यवस्था र निःशुल्क उपचारको व्यवस्था मिलाउन प्रस्ताव गरेका श्रम मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ।
कात्तिक १३, २०७८ शनिबार २१:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।