कैलालीमा चक्कु प्रहार गरेर एक युवकको हत्या
धनगढी : कैलालीमा चक्कु प्रहार गरी एक युवकको हत्या गरिएको छ।
भजनी नगरपालिका ३ का १९ वर्षीय किरण साउदले चक्कु प्रहार गर्दा टीकापुर नगरपालिका वडा नम्बर ८ का १८ वर्षीय अनुप साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा शुक्रवार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। चक्कु प्रहार गरेका साउदलाई प्रहरीले पक्राउ गरेको छ। चक्कु प्रहार गर्नुको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक १३, २०७८ शनिबार १९:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।