कोरोना सङ्क्रमण : ३७२ थपिए, ९११ जना निको भएर फर्किए 

कोरोना सङ्क्रमण : ३७२ थपिए, ९११ जना निको भएर फर्किए 

काठमाडौँ : नेपालमा थप ३७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशभर ७ हजार ९११ नमुना परीक्षण गर्दा ३७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

योसँगै पीसीआर परीक्षणमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख १२ हजार १९४ पुगेको छ। एन्टीजेन परीक्षणमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९४ हजार ५०३ पुगेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचार गराइरहेका सङ्क्रमित मध्ये ९११ जना निको भएर घर फर्केका छन्। अहिलेसम्म ७ लाख ९१ हजार २६९ जना सङ्क्रमित कोरोना मुक्त भएका छन्। 

मन्त्रालयका अनुसार निको हुने दर ९७.४ प्रतिशत रहेको छ। 

कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ३९९ पुगेको छ। मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५२६ रहेको छ।

कात्तिक १३, २०७८ शनिबार १७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।