ओलीले सम्झिए उखान, दिएर आफ्नो र खौरिएर मसिनु कहिले हुँदैन

ओलीले सम्झिए उखान, दिएर आफ्नो र खौरिएर मसिनु कहिले हुँदैन

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बरबाद गर्ने प्रचण्डको नीति रहेको आरोप लगाएका छन्।

सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा ओलीले प्रचण्डको नीति लिएर सभामुख अग्नि सापकोटाले आफू नेतृत्वको सरकारलाई असहयोग गरेको बताए। उनले सभामुख पदीय मर्यादा भुलेर एमाले विरुद्ध लागेको आरोप लगाए। 

एमाले अध्यक्ष ओलीले प्रचण्डको दर्शन धक्का, क्रमभङ्ग, छलाङ र महाविपत्ति भएको आरोप पनि लगाए। 

उनले दिएर आफ्नो र खौरिएर मसिनु कहिले नहुने बताए। ‘हिजो बेलुका दारी खौरिए, बिहान फेरी खस्रो भयो, फेरि खौरिनु पर्यो,’गालामा हात लगेर ओलीले भने, दिएर आफ्नो कहिले हुँदैन।’ 

उनले कार्यकर्तालाई पदको नभएर सभ्यताको विकासमा लाग्न निर्देशन दिए। ‘त्यागको भावना, कानुन प्रति समर्पण मजबुत पार्टी चाहिन्छ। पार्टीमा एकता चाहिन्छ,’ओलीले भने,‘सभ्यताको विकास गरौँ सभापतिको होइन।’

कात्तिक १३, २०७८ शनिबार १६:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।