थप ७६० जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु 

थप ७६० जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु 

काठमाडौँ : नेपालमा शनिबार थप ७६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशभर १२ हजार ३१ वटा नमुना परीक्षणका क्रममा ७६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

योसँगै पीसीआर परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख १ हजार ६३३ र एन्टीजेन परीक्षणका क्रममा ९२ हजार ९६३ जना पुगेको छ। 

यस्तै विभिन्न अस्पतालमा उपचार गराइरहेका सङ्क्रमित मध्ये शनिबार ८९९ जना निको भएर घर फर्केका छन्।

हालसम्म नेपालमा कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ७ लाख ७५ हजार ७२ पुगेको छ। मन्त्रालयका अनुसार निको हुने दर ९६.७ प्रतिशत रहेको छ। 

पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ। हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २२१ जना पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ३४० रहेको छ। भेन्टिलेटरमा रहेका सङ्क्रमितको सङ्ख्या ११३ रहेको मन्त्रालयले जनाएको छ।

असोज २३, २०७८ शनिबार १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।