फाइल देखाएर बजेट पार्ने परिपाटी अन्त्य गरिन्छ : अर्थमन्त्री शर्मा
काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले पहुँचका भरमा फाइल देखाएर बजेट पार्ने परिपाटीको अन्त्य गरिने बताएका छन्।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले फाइलमा लगानी गरेर अनुत्पादक भएको बताए। ‘पहुँचका भरमा एउटाले फाइल ल्याउँछ। यहाँ स्कुल छ भन्छ, अनि पैसा लान्छ,’उनले भने, ‘त्यसैले योजनामा, मिसनमा, परिणाममा, भविष्यमा, समयको सुरक्षाको लागि लगानी गर्नुपर्छ।’
उनले कतिपय बिना परिणामका ‘फाइल’मा लगानी भइरहेको बताए। ‘हामीले धेरै बाटो त खन्यौँ। तर प्रतिफल कति दिइरहेका छन्, यो बुझ्नुपर्छ’, उनले भने, ‘सडक निर्माण जस्तै प्रतिफल दिने विद्यालयहरूमा लगानी गरौँ।’
मन्त्री शर्माले जनसङ्ख्या र आवश्यकताका आधारमा विद्यालयहरू स्थापना गर्नुपर्ने समेत बताए।
असोज २३, २०७८ शनिबार १५:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।