मन्त्रिपरिषद्मा समेट्न नसकेका योग्य साथीलाई उचित जिम्मेवारी दिइने: प्रधानमन्त्री देउवा
काठमाडाैंः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा समेट्न नसकेका योग्य र क्षमतावान नेताहरूलाई अन्य जिम्मेवारी दिइने बताएका छन्। स्कूल अफ डेमोक्रेसी, अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वरप्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ पुस्तकको आज विमोचन गर्दै उनले यस्ताे बताएका हुन्।
शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा योग्य साथी छुटेकामा आफूलाई दुःख लागेको बताउँदै उनले क्षमतावान् र योग्य साथीलाई आगामी दिनमा उचित जिम्मेवारी दिँदै जाने बताएका थिए।
गठबन्धन र पार्टीभित्रका महत्त्वपूर्ण नेताहरूलाई पनि अवसर दिन नसकेको भन्दै उनले कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई आफ्नाे बाध्यता बुझिदिन पनि आग्रह गरेका थिए।
असोज २३, २०७८ शनिबार १२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।