माैसम अपडेट: कर्णाली र सुदूरपश्चिमबाट मनसुन बाहिरियाे

माैसम अपडेट: कर्णाली र सुदूरपश्चिमबाट मनसुन बाहिरियाे

काठमाडाैंः नेपालका कर्णाली र सुदूरपश्चिम प्रदेशबाट यस वर्षकाे मनसुन बाहिरिएकाे छ। हिजाे शुक्रबार कर्णाली र सुदूरपश्चिमसँगै लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट मनसुन बाहिरिएकाे हाे। 

जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षकाे मनसुन औषत मितिभन्दा ढिलाे बाहिरिएकाे हाे। यद्यपि, ती तीन प्रदेशबाहेक अन्यत्र भने मनसुन बाहिरिएकाे छैन। महाशाखाका अनुसार नेपालमा सामान्यता अक्टाेबर २ का दिन मनसुन बाहिरिने गर्छ। 

यस्तै महाशाखाले अन्यत्र पनि केही दिनमै मनसुन बाहिरिने अनुमान गरेकाे छ। 

यस्तै आज प्रदेश १, र प्रदेश २ सहित बागमती र गण्डकी प्रदेशमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाकाे सम्भावना रहेकाे छ। देशभर आंशिकदेखि सामान्य बदली हुनेछ।

असोज २३, २०७८ शनिबार ०७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।