महाधिवेशन प्रतिनिधिमा पराजित हमाललाई देउवाको मन्त्री उपहार 

महाधिवेशन प्रतिनिधिमा पराजित हमाललाई देउवाको मन्त्री उपहार 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेका उद्योग वाणिज्य तथा आपूर्ति  मन्त्री गजेन्द्र हमाल सांसद छैनन्। 

संविधानको धारा ७८ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्को सदस्य नभएका व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने व्यवस्था छ। यही व्यवस्था अनुसार गैर सांसद हमाल मन्त्रीमा नियुक्त भएका हुन्। 

उनले ६ महिनाभित्र सङ्घीय संसद्को सदस्यता प्राप्त गर्न नसके उनको मन्त्री पद स्वतः रिक्त हुने संविधानमा व्यवस्था छ। बाँके नेपालगन्जका हमाल कांग्रेसको १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए।

असोज २२, २०७८ शुक्रबार १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।