मन्त्रिपरिषद् २५ सदस्यीय, शपथ ग्रहणको तयारीमा राष्ट्रपति कार्यालय
कांग्रेसबाट गृहमा बालकृष्ण खाँण, रक्षामा मिनेन्द्र रिजाल, परराष्ट्रमा नारायण खड्का, सञ्चार, सूचना तथा प्रतिधिमा ज्ञानेन्द्रबहादुर कार्की, कानुन न्याय तथा संसदीय मामिलामा दिलेन्द्र बडु, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमा उमा रेग्मी, खानेपानीमा उमाकान्त चौधरी र उद्योग वाणिज्य तथा आपूर्तिमा गजेन्द्रबहादुर हमाल नियुक्त भएका छन्।
गृह, कानुन र परराष्ट्र मन्त्री यसअघि नै नियुक्त भएका थिए। कानुन मन्त्री रहेका कार्कीलाई देउवाले संचारमन्त्री बनाएका छन्। स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको राज्यमन्त्री बनेका छन्।
माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ, देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि, पम्फा भुसाल ऊर्जा, शशि श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र महेश्वर गहतराज युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन्। शर्मा र भुसाल यसअघि नै मन्त्रीमा नियुक्त भइसकेका हुन्।
जनता समाजवादी पार्टीबाट रेनुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, राजेन्द्र श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरण र महिन्द्र राय यादव कृषि तथा पशुपन्छीमा नियुक्त भएका छन्।
यस्तै नेकपा एकीकृत समाजवादीबाट बिरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या, प्रेम आले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रामकुमारी झाँक्री सहरी विकास र कृष्ण कुमार श्रेष्ठ किसान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएका छन्। यस्तै स्वास्थ्य राज्यमन्त्रीमा भवानी प्रसाद खापुङ,उमेश श्रेष्ठ र बोधमायाकुमारी यादव राज्यमन्त्रीमा नियुक्त भएका छन्।
भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसंख्या र बोधमायाकुमारी यादवले शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री मन्त्रीको जिम्मेवारी पाएका छन्। स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नियुक्त भएका छन्।
तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य किसान नेकपा एकीकृत समाजवादीको कोटामा मन्त्री नियुक्त भएका हुन्। २०७४ सालमा भएको निर्वाचनमा श्रेष्ठले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए।
असोज २२, २०७८ शुक्रबार १५:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।