एकीकृत समाजवादीले वरिष्ठ नेता नराख्ने, झलनाथ खनाल सम्मानित नेता 

एकीकृत समाजवादीले वरिष्ठ नेता नराख्ने, झलनाथ खनाल सम्मानित नेता 

एकीकृत समाजवादीले वरिष्ठ नेताको सट्टा सम्मानित नेता भन्ने पद राख्ने नेता बिरोध खतिवडाले जानकारी दिए। एकीकृत समाजवादीमा सम्मानित नेताको पद झलनाथ खनालले पाउने खतिवडाले बताए। ‘वरिष्ठ नेता राखिँदैन,’खतिवडाले भने,‘सम्मानित नेताको पद झलनाथ खनालले मात्रै पाउनु हुनेछ।’ 

समाजवादीले जगन्नाथ खतिवडालाई उपमहासचिव बनाउने निर्णय गरेको छ। सचिवमा जीवनराम श्रेष्ठ, भागवत विश्वासी र गरिमा शाहलाई मनोनयन गर्ने निर्णय स्थायी कमिटीको बैठकले गरेको उनले बताए। 

यस्तै समाजवादीले पार्टीको चुनाव चिन्ह कलम राख्ने निर्णय गरेको छ।

असोज २१, २०७८ बिहीबार २०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।