एमाले केन्द्रीय सदस्य जाेशीले राेजे एकीकृत समाजवादी
काठमाडाैंः नेकपा एमालेका नेता तथा पार्टीका केन्द्रीय सदस्य भानुभक्त जाेशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन्। आज राजधानीमा आयाेजित एक कार्यक्रमका बीच जाेशीले एकीकृत समाजवादी राेजेका हुन्।
जाेशीलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू स्वागत गरेका थिए। जाेशीले आफू लचिलाे भए पनि एमालेले १० बुँदे सम्झाैता कार्यान्वयन नगरेकाे भन्दै एमालेकाे केन्द्रीय सदस्यबाट राजीनामा दिएकाे पत्र पढेर सुनाएका थिए।
उनले हालसालै समापन भएकाे एमालेकाे विधान महाधिवेशनमा आफूलाई बाेल्न समेत नदिइएकाे आराेप लगाएका छन्। यस्तै उनले एमालेमा आग्रह पूर्वाग्रहकाे अवस्था यथावत रहेकाले आफूले एकीकृत समाजवादी राेजेकाे बताएका छन्।
उनी यसअघि एमालेकाे समानान्तर कमिटी गठन हुँदा सुदूरपश्चिम प्रदेश अध्यक्ष पनि भएका थिए।
असोज २१, २०७८ बिहीबार १३:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।