महाेत्तरीमा पाँच लाखभन्दा बढीकाे गरगहना लुटपाट

महाेत्तरीमा पाँच लाखभन्दा बढीकाे गरगहना लुटपाट

महोत्तरीः जिल्लाको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाइ लाखौंको लुटपाट गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कैलाश सिंहको घरमा लुटपाट भएकाे हाे।

घरमा कैलाशकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा आज बिहान ३ बजे लुटपाट भएको हाे। घरको बाहिरी ढोका फोरेर घरभित्र पसी चार जनाको समूहमा आएका बन्दुकधारीले गरगहना लुटपाट गरी लगेका हुन्।

लुटिएकाे गरगहनामा नाकको फुली दुई थान, सुनको बाला, सुनको सिक्रीसहित करिब पाँच लाख बढीको गरगहना रहेकाे छ। प्रहरीले घटनाकाे बारे थप अनुसन्धान गरिरहेकाे छ।

असोज २१, २०७८ बिहीबार १२:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।