फार्मभित्र छिरेर चितुवाले ६ वटा बाख्रा मार्यो
कञ्चनपुरः बेदकोट नगरपालिका–९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका ६ बाख्रा चितुवाले मारेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गएराति बस्ती छिरेको चितुवाले फार्ममा रहेका बाख्रा मारेको हो।
व्यावसायिक रूपमा फार्म सञ्चालन गर्दै आएका धामीले चितुवाले बाख्रा मार्दा एक लाख २५ हजार बढीको नोक्सानी भएको बताए। “बिहानको झिसमिसेमै बाख्रा कराउन थालेपछि फार्ममा पुग्दा १२ मध्ये चितुवाले ६ वटा बाख्रा मारिसकेको थियो”, उनले भने, “चितुवाले गर्दा निकै ठूलो क्षति व्यहोर्नुपरेको छ।”
मारिएका बाख्रामध्ये तीन बाख्रा ब्याउने अवस्थाका थिए। केही महिनाअघि पनि चितुवाले खोरबाट स्थानीयका बाख्रा मारेकाे थियाे। चितुवा बस्तीमै छिर्न थालेपछि यस क्षेत्रका बासिन्दा निकै चिन्तित भएका छन्। चितुवाले बाख्रा मारेपछि निकुञ्ज कार्यालय र प्रहरीलाई खबर गरिएको धामीले बताएका छन्।
असोज २१, २०७८ बिहीबार १०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।