माैसम अपडेट: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा राति वर्षाकाे सम्भावना
काठमाडाैंः भारतकाे पश्चिम बंगाल तथा आसपासका क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण नेपालमा पनि असर पर्ने भएकाे छ। आज देशभर आंशिकदेखि सामान्य बदली हुनेछ भने केही स्थानमा वर्षा पनि हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
हाल प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसाे देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै आज राती पनि देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
असोज २१, २०७८ बिहीबार ०७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।