प्रदेश १ का बबिन्द्र भए सर्वोत्कृष्ट अनुसन्धानकर्ता, भण्डारीलाई पूर्ण शान्ति
काठमाडौँ : विराटनगर नगरपालिका अगाडि भएको बम विस्फोट अनि १२ वर्षिया बालिकाको बलात्कारपछि हत्या घटनाको अनुसन्धान गरेका प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ्ग सर्वोत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन्। नेपाल प्रहरीको ६६ औँ प्रहरी दिवसमा प्रदेश नम्बर १ मा कार्यरत उनी सर्वोत्कृष्ट अनुसन्धानकर्ताको रूपमा पुरस्कृत भएका हुन्।
प्रहरी महानिरीक्षक शैलेशकुमार क्षेत्रीले बुधवार उनलाई सो पुरस्कार दिएका थिए। यस वर्षको पूर्ण शान्ति पुरस्कार प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले पाएका छन्। योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रहरी नायव निरीक्षक सुमेश पाण्डेले पाए।
उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायव उपरीक्षक फनिन्द्र प्रसाईँ, प्रहरी निरीक्षक मणिराम थापा, प्रहरी नायव निरीक्षकद्वय सन्तोष थापा मगर र कृष्ण राज सेढाई, उत्कृष्ट अनुसन्धानकर्ता सोकोतर्फ प्रहरी सहायक निरीक्षक मच्छेन्द्र नाथ, उत्कृष्ट व्यवस्थापकीय कार्य गर्ने प्रहरी नायव उपरीक्षक जनक बहादुर शाही, उत्कृष्ट ट्राफिक व्यवस्थापनतर्फ प्रहरी निरीक्षक सुनिल कार्की, उत्कृष्ट विपद् उद्धारक प्रहरी जवान सञ्जीव कुमार साह, सपोर्ट समूह (प्राविधिक) तर्फ प्रहरी नायव उपरीक्षक उदयजङ्ग बहादुर राणा, प्रहरी निरीक्षक ई.चिरञ्जीवी प्रताप महतो, प्रहरी नायव निरीक्षकहरू शान्ति शाक्य, रमण बहादुर पल्ली मगर, सन्तोष लामा, प्रहरी हवलदारहरू राजन भण्डारी, पूर्ण बहादुर खत्री र पुरुषोत्तम माझीलाई क्षेत्रीले कदर पत्र र नगद पुरस्कार दिएका थिए।
यसै गरी जोखिमपूर्ण कार्य गर्ने प्रहरी नायव उपरीक्षक डा. जयन्ती ढुङ्गाना, प्राविधिक प्रहरी निरीक्षक निरुषा महर्जन, प्रहरी कार्यालय सहयोगीद्वय शर्मिला भुजेल र सुरज देउला, उत्कृष्ट खेलाडी तथा खेल प्रशिक्षकतर्फ प्रहरी नायव निरीक्षक केदार बहादुर सिम्खडा, प्रहरी जवानहरू कुशल भुर्तेल, सुशीला थापा, रोशन कार्की र निरु थापा, उत्कृष्ट आन्तरिक तथा बाह्य प्रशिक्षकतर्फ प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, प्रहरी जवानद्वय सम्झना रायमाझी तथा विमला चौधरी पुरस्कृत भएका छन्।
असोज २०, २०७८ बुधबार २२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।