चुच्चे नक्सामा समेटिएको क्षेत्रको गणना गर्न अनेरास्ववियुको माग 

चुच्चे नक्सामा समेटिएको क्षेत्रको गणना गर्न अनेरास्ववियुको माग 

अध्यक्ष सुदेश पराजुलीले विज्ञप्ति निकालेर चुच्चे नक्सामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरिका क्षेत्रमा जनगणनामा गणना गर्न माग गरेका हुन्।

जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनौती भएकाले सरकारले तत्काल दुई पक्षीय कूटनीतिक वार्तामार्फत समस्याको समाधान गरी जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई मार्ग प्रयोग गर्ने गरी नेपाली बस्ती र नेपाली नागरिकको सूचीकरण गर्न सुपरिवेक्षक पठाउन अनेरास्ववियुले माग गरेको हो।

राष्ट्रिय जनगणना आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुँदैछ। केन्द्रीय तथ्याङ्क विभागले असोज १८ गतेसम्म घरपरिवार सूचीकरणको काम सकिएको जनाएको छ।

असोज २०, २०७८ बुधबार १७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।