जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने तीन वैज्ञानिकलाई नाेबल पुरस्कार

जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने तीन वैज्ञानिकलाई नाेबल पुरस्कार

एजेन्सीः जापानी मूलका अमेरिकी स्युकुराे मानाबे, जर्मन नागरिक क्लस हेसलम्यान र इटालियन नागरिक जर्जियाे परिसीलाई भाैतिकशास्त्र तर्फकाे यस वर्षकाे नाेबल पुरस्कार दिइने भएकाे छ। पृथ्वीकाे बदलिँदाे जलवायुसम्बन्धी जटिल भाैतिक प्रणालीकाे अध्ययन गरेबापत उनीहरूलाई नाेबल पुरस्कार दिइने भएकाे हाे। 

पुरस्कारबापत १० मिलियन अमेरिकी डलर बराबरकाे एक भाग ९० वर्षीय मानाबे र ८९ वर्षीय हेसलम्यानले पाउनेछन् भने अर्काे भाग ७३ वर्षीय परिसीले पाउनेछन्। यस निर्णलाई संयुक्त राष्ट्रसंघकाे माैसम एजेन्सीले पनि स्वागत गरेकाे छ। 

मानाबे अमेरिकाकाे प्रिन्सटन विश्वविद्यालयमा अध्यापन गर्छन्। उनले र हेसलम्यानले सन् १९६० मा गरेकाे अध्ययन नै आजकाे विश्वकाे जलवायु परिवर्तनसम्बन्धी धारणा हाे। 

यस्तै परिसीले ८० काे दशकमा ग्यास तथा तरल पदार्थकाे चालसम्बन्धी लुकेकाे नियम पत्ता लगाएका थिए। जसकाे प्रयाेग न्युराे साइन्सदेखि मसिन हुँदै उडानसम्ममा आउँछ। 

असोज २०, २०७८ बुधबार ०७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।