माैसम अपडेट: कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघ गर्जनसहित वर्षा

माैसम अपडेट: कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघ गर्जनसहित वर्षा

काठमाडाैंः हाल भारतकाे बिहार तथा आसपासका क्षेत्रमा रहेकाे न्यून चापीय क्षेत्रकाे प्रभावका कारण नेपालमा आंशिकदेखि सामान्य बदली भएकाे छ। देशैभर आज माैसम प्रणालीमा केही बदली हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

यस्तै आज बुधबार दिउँसाे देशभर बदली भई कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षा हुनेछ। यस्तै अन्य प्रदेशका केही स्थानमा पनि वर्षाकाे सम्भावना रहेकाे छ। 

यस्तै आज राति पनि यही माैसम प्रणाली कायम रहने महाशाखाले जनाएकाे छ। 

असोज २०, २०७८ बुधबार ०७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।