भारतमा श्रीमती बेच्ने श्रीमान् नेपालमा पक्राउ
भारतमा बेचबिखन गरिएकी पीडित महिलालाई नेपाली दूतावास र शक्ति समूहको सहयोगमा गत जेठ ३१ गते उद्धार गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उनलाई श्रीमानले २०७१ सालमा १ लाख ६० हजार रुपैयाँ लिई पासाङको जिम्मा लगाएको, पासाङले बालाजुको होटेलमा एक महिलाको जिम्मा लगाएको, महिलाले काम बापत मासिक १० हजार दिन्छु भनी भिनाजु पर्ने पुरुषको जिम्मा लगाएको, ती पुरुषले सुनौली हुँदै भारतको नयाँदिल्लीस्थित म्हेण्डो तामाङको घरमा पुर्याएको, म्हेण्डोले अर्कै मान्छेको जिम्मा लगाई आग्राको वेश्यालयमा ८ महिनासम्म जबरजस्ती बेश्याबृत्तिमा लगाएको, पुनः म्हेण्डोकै घरमा ल्याई ६४ नम्बरको गल्लीको कोठीमा राखी बेश्याबृत्तिमा लगाएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।
पीडितले गत भदौ १ गते ब्युरोमा जाहेरी दिएपछि फरार रहेकामध्ये उनीहरूलाई ब्युरोको प्रहरीले पक्राउ गरेको हो।
असोज १९, २०७८ मंगलबार १७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।