बैङ्कको चेक दिएर झुक्यानमा पार्ने सुजन पक्राउ
ब्युरोका अनुसार बैङ्क खातामा पर्याप्त मौज्दात नभएको चेक दिएर झुक्यानमा पार्ने तामाङ काठमाडौँको महाराजगन्जबाट पक्राउ परेका हुन्।
उच्च अदालत पाटनबाट आठ दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर भएका तामाङलाई पक्राउ गरेर जिल्ला अदालत ललितपुरमा पेस गरिएको ब्युरोले जनाएको छ।
उच्च अदालत पाटनले २०७७ पुस ६ मा तामाङलाई बैङ्किङ कसुरजन्य अपराधमा दोषी ठहर गरेको थियो।
असोज १९, २०७८ मंगलबार १४:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।