हत्यामा संलग्न एक जना पक्राउ

हत्यामा संलग्न एक जना पक्राउ

काठमाडाैंः नेपाल प्रहरीले हत्यामा संलग्न भएकाे आराेपमा एक जनालई पक्राउ गरेकाे छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले ताप्लेजुङका ३५ वर्षीय प्रदीप लिम्बूलाई सोमबार साँझ पक्राउ गरेको हो।

लिम्बूले विराटनगर घर भएका बूढानीलकण्ठ बस्ने ३० वर्षीय राज खड्काको हत्या गरेकाे आराेप छ। लिम्बूले खड्कालाई चक्कु प्रहार गरेकाे र गम्भीर घाइते भएका खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हत्या सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

असोज १९, २०७८ मंगलबार १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।