'डाेमेस्टिक पार्किङ'बाट निकाल्ने क्रममा चिप्लिएकाे थियाे श्री एयरलाइन्सकाे जहाज

'डाेमेस्टिक पार्किङ'बाट निकाल्ने क्रममा चिप्लिएकाे थियाे श्री एयरलाइन्सकाे जहाज

काठमाडाैंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ। आज बिहान नेपालगञ्जका लागि उडान भर्ने तयारीमा रहेकाे बेला जहाज चिप्लिएकाे थियाे। 

‘डाेमेस्टिक पार्किङ्’बाट रन वेतर्फ निकाल्ने क्रममा जहाज चिप्लिएको हो। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज पार्किङबाट निकाल्ने क्रममा टर्निङको क्रममा ब्यालेन्स नमिल्दा तीन मिटरजति डिस्ब्यालेन्स भएको हाे।

'जहाज धस्सिएको हैन पार्किङबाट निकाल्ने क्रममा डिस्ब्यालेनस भएर तीन मिटर पर सरेको छ, टर्निङको क्रममा जहाजको देब्रेपट्टिको चक्का चिप्लिएको हो। अहिले जहाज निकाल्ने काम भइरहेको छ', उनले भने।

जहाज उडानका लागि कुनै समस्या नरहेको पनि प्रवक्ता शेर्पाले बताए। 'झण्डै ४५ मिनेटदेखि जहाजलाई धावनमार्गतिर निकाल्ने प्रयास भइरहेको छ। उडान अवतरणमा कुनै समस्या हुँदैन', उनले भने। 

असोज १९, २०७८ मंगलबार ११:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।