माैसम अपडेट: कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने

माैसम अपडेट: कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडाैंः भारतको बिहार तथा आसपासका क्षेत्रमा न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा पनि प्रभाव पारेकाे छ। हाल देशका गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूमा सामान्य बदली भई अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा पनि भइरहेको छ।

आज दिउँसाे देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै राति पनि आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

असोज १९, २०७८ मंगलबार ०७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।