माधव नेपालले केही दिन घरमै आराम गर्ने
ज्वरो र खोकीको समस्या देखिएपछि असोज १३ गते शिक्षण अस्पताल भर्ना भएका नेपाल उपचारपछि आज सोमबार घर फर्केका उनको निजी सचिवालयले जनाएको छ।
वरिष्ठ छातिरोग विशेषज्ञ डा सन्तकुमार दाससहितको चिकित्सक टोलीले अध्यक्ष नेपालको उपचार गरेको थियो।
स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार नेपालले केही दिन घरमै आराम गर्ने नेपालको निजी सचिवालयले जनाएको छ।
असोज १८, २०७८ सोमबार १८:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।