सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

तनहुँः जिल्ला प्रहरी कार्यालय तनहुँले सवारी ज्यान मुद्दामा फरार एक प्रतिवादीलाई २१ वर्षपछि पक्राउ गरेको छ। तनहुँको शुक्लागण्डकी–८ डहरेगाउँ स्थायी घर भई हाल जिल्ला गोरखा पालुङ्टार–५ ढालीपोखरी बस्ने ४२ वर्षीय आनन्दराज शाहलाई आइतबार पक्राउ गरिएको हो।

जिल्ला अदालतको विसं २०५७ साल वैशाख २८ गतेको फैसलाले शाहलाई ११ महिना पाँच दिन कैदको फैसला सुनाएकाे थियाे। पछि शाह फरार भएको प्रहरीले जनाएको छ।

शाहलाई पक्राउ गरी जिल्ला अदालतसमक्ष उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।

तनहुँ प्रहरीले विभिन्न अपराध एवं मुद्दामा संलग्न फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीलाई तीव्रता दिँदै आएको जनाएको छ।

असोज १८, २०७८ सोमबार ०८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।