माैसम अपडेट: केही स्थानमा वर्षा हुने

माैसम अपडेट: केही स्थानमा वर्षा हुने

काठमाडाैंः आज देशभरकाे माैसम प्रणालीमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षा हुने भएकाे छ। हाल भारतको बिहार तथा आसपासका क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा पनि परेको हुँदा माैसममा बदली आउने भएकाे हाे।

यस्तै अहिले प्रदेश नं २ बाहेक अन्य सबै प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ। केही स्थानमा भने आज दिउँसाे मेघ गर्जनसहित वर्षाकाे सम्भावना रहेकाे छ। 

आज राति पनि केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज १८, २०७८ सोमबार ०७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।