अनेरास्वियु क्रान्तिकारीको बन्द सत्रमा कुर्सी तोडफोड

अनेरास्वियु क्रान्तिकारीको बन्द सत्रमा कुर्सी तोडफोड

राष्ट्रिय सम्मेलन समापन गर्दै पत्रकार सम्मेलनमार्फत नेतृत्व घोषणाको तयारी भइरहेको बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष बनाएकी पञ्चा सिंह विरुद्ध नाराबाजी भएको हो।

हलभित्र सुरु भएको विवादसँगै तोडफोड सुरु भएको थियो। सङ्गठनको महासचिव दीपेश पुनलाई बनाउने निर्णय भए पनि केन्द्रीय सदस्यबारे भने टुङ्गो लाग्न सकेन। प्रतिनिधीहरुले सङ्गठनको अध्यक्ष पार्टी अध्यक्षले तोक्ने हो भने केन्द्रीय सदस्य पिन पार्टी अध्यक्षले नै तोक्नुपर्ने भन्दै नाराबाजी गरेका थिए। बन्द सत्रमा सहभागी केही विद्यार्थी नेताहरूले अध्यक्षमा सिंहलाई स्वीकार गर्न नसकिने धारणा समेत राखेका थिए।

विवाद बढ्दै गएपछि पत्रकार सम्मेलन त हुन सकेन नै सङ्गठनको पदाधिकारीको नाम समेत घोषणा हुन सकेन।

असोज १८, २०७८ सोमबार २०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।