अनुगमन प्रभावकारी बनाउन प्रदेशगत टोली गठन
चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाइ सुरक्षा, आपूर्ति, बजार व्यवस्थापन, यातायातलगायत सेवालाई सुलभ तथा गुणस्तरीय बनाउने उद्देश्यले सातै प्रदेशमा अनुगमन गर्न टोली गठन गरिएको गृह मन्त्रालयले जनाएको छ।
टोलीले तत्काल देखिएका समस्या समाधान गर्ने मन्त्रालयले निकालेको विज्ञप्तिमा लेखिएको छ। टोलीको नेतृत्व मन्त्रालयका सहसचिवहरूले गर्नेछन्।
सुरक्षा, यातायात, आपूर्ति तथा बजार व्यवस्थापनलगायत सेवालाई सुलभ, गुणस्तरीय प्रभावकारी बनाउनका लागि सम्बन्धित निकायद्वारा देशभर अनुगमन भइरहेको मन्त्रालयले जनाएको छ।
असोज १८, २०७८ सोमबार २०:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।