कांग्रेसका तीन नेताको छलफल : मन्त्रीपरिषद्ले पूर्णता नपाउँदा विश्वसनीयतामा प्रश्न 

कांग्रेसका तीन नेताको छलफल : मन्त्रीपरिषद्ले पूर्णता नपाउँदा विश्वसनीयतामा प्रश्न 

निधी, कोइराला र सिंहबीच आज सोमबार भएको छलफलले मन्त्रीपरिषद्लाई पूर्णता नदिँदा सरकारको नेतृत्व गरेको कांग्रेस र सत्ता गठबन्धनकै विश्वसनीयतामा प्रश्न उठेको निष्कर्ष निकालेको उपसभापति निधीले बताए। 

‘मन्त्रीपरिषद्ले पूर्णता नपाउँदा कांग्रेस र गठबन्धनकै विश्वसनीयतामाथि प्रश्न उठिरहेको छ,’निधीले उकेरासँग भने,‘छिटो पूर्णता दिनु पर्ने हाम्रो निष्कर्ष रह्यो।’ 

छलफलमा क्रियाशील विवाद टुङ्गो लगाउन ढिलो हुँदा वडा अधिवेशन नै हुन नसकेको विषयमा पनि छलफल भएको उनले बताए। उनले क्रियाशील सदस्यता विवाद टुङ्गो लाग्न बाँकी चार जिल्लाको विवाद समाधान गरेर छिटो वडा अधिवेशन थाल्नु बताए। 

पार्टीको १४ औँ महाधिवेशनमा तीनै जनाले सभापति पदमा उम्मेदवारी दिने बताएका छन्। सभापति पदमा उम्मेदवारी दिने बताएका तीन नेताले निरन्तर छलफल गरिरहेपनि साझा उम्मेदवारबारे निर्णय सुनाएका छैनन्। 

सभापति पदमा साझा उम्मेदवार तय गर्ने विषयमा निरन्तर छलफल गर्ने सहमति भएको उपसभापति निधीले बताए। 

असोज १८, २०७८ सोमबार २०:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।