सर्वोच्चले नेपाल र भट्टराईविरुद्धको मुद्दामा कार्तिक १५ गते निर्णय सुनाउने 

सर्वोच्चले नेपाल र भट्टराईविरुद्धको मुद्दामा कार्तिक १५ गते निर्णय सुनाउने 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश नहकुल सुवेदीको इजलासले कार्तिक १५ गते ललिता निवास प्रकरणमा नेपाल र भट्टराईविरुद्धको मुद्दामा निर्णय सुनाउने मिति तोकेको हो।

ललिता निवास प्रकरणमा नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय विरुद्ध अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए।

सर्वोच्चले न्यौपानेले दायर गरेको नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै दायर रिटमा कार्तिक १५ गते निर्णय सुनाउने सर्वोच्च अदालतले जनाएको छ। 

 

असोज १८, २०७८ सोमबार १९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।