काठमाडौँ महानगरमा प्रकाशमान-गगन समूहका उम्मेदवार विजयी

काठमाडौँ महानगरमा प्रकाशमान-गगन समूहका उम्मेदवार विजयी

काठमाडौँ : नेपाली काँगेंसको काठमाडौँ महानगरको सभापतिमा निलकाजी शाक्यले जितेका छन्। प्रकाशमान सिंह र गगन थापा समूहका उम्मेदवार शाक्य सहित उनको प्यानलका अधिकांश उम्मेदवारले जितेका छन्।

शाक्यले ७ सय १६ मत सहित विजयी भए। काँग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौला प्यानलका उम्मेदवार प्रगतिमान रञ्जितले ३ सय २९ मत ल्याएर पराजित भए।

उपसभापतिमा सन्त कुमार महर्जन र सुशीला ढकाल, सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल, सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन्।

असोज १७, २०७८ आइतबार २२:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।