यातायात कार्यालयमा सेटिङ मिलाउने २ जना पक्राउ
असोज : लाइसेन्स र ट्रायलमा सेटिङ मिलाउने भन्दै सेवाग्राहीसँग रकम असुल्ने गरेको आरोपमा महानगरीय ट्राफिक महाशाखाले यातायात व्यवस्था कार्यालय,एकान्त कुनाबाट २ जनालाई पक्राउ गरेका छ।
लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण गरिदिने, सिफारिसहरू मिलाइदिने भन्दै सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाइनमा लागेका सर्वसाधारणलाई सास्ती दिएको आरोपमा ललितपुर महानगरपालिका १४, नख्खीपोटका सुमन तामाङ र कुसुन्तीबस्ने सुरज गुप्ता पक्राउ परेका हुन्।
यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरी लिँदै गरेको अवस्थामा दुबै जना पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।
महाशाखाको पीडित सहायता कक्षबाट सादा पोसाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारबाही अभियान चलाइरहेको महाशाखाले जानकारी दिएको छ।
असोज १७, २०७८ आइतबार १८:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।