एमालेले बदल्यो पार्टीको लोगो
ललितपुर : नेकपा एमालेले १० औँ महाधिवेशनका लागि डा विजय सुब्बाको अध्यक्षतामा निर्वाचन आयोगको गठन गरेको छ। आयोगमा १४ जना सदस्यहरु छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनको समापन कार्यक्रममा निर्वाचन आयोगको अध्यक्ष र सदस्यहरूको नाम प्रस्ताव गरेका थिए।
आयोगका सदस्यहरूमा महेश नेपाल , सानुराजा पोखरेल ,बाबुराम दाहाल , डा कुन्साङ लामा ,रिता सिम्खडा , रञ्जु ठाकुर , भरत पोखरेल , टङ्क उप्रेती , सुमित्रा घिसिङ , पवित्रा निरौला , केवलाल चौधरी , विमला विश्वकर्मा , लोकबहादुर थापा र हेमकला सदस्य रहेका छन्।
एमाले लोगो बदलियो
विधान महाधिवेशनले पार्टीको लोगो समेत बदलेको छ। यसभन्दा अगाडि एमालेले पूर्णाकार सूर्य भित्र सिपिएनयुएमएल लेखेको र सानो आकारको हँसिया हथौडा थियो। नयाँ लोगोमा सिपिएनयुएमएल हटाएर पूर्णाकारको सूर्यभित्र हसिँया हथौडा राखिएको छ।
पार्टीको नयाँ लोगोमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेर स्विकृत गरेका थिए।
असोज १७, २०७८ आइतबार १७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।