कसै-कसैले २०६४ जस्तै निर्वाचन चाहेका छन्, एमालेले त्यस्तो हुन दिन्न : ओली
ललितपुर : एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै केही नेताहरू २०६४ मा झैँ बुथ क्याप्चर गरेर, धाँधली गरेर चुनाव जित्न चाहेको भन्दै एमालेले त्यस्तो हुन नदिने बताएका छन्।
एमालेको विधान महाधिवेशनको समापन समारोहमा सम्बोधन गर्दै उनले भने' कसै-कसैले २०६४ मा झैँ धाँधली गरेर चुनाव जित्ने भनिरहेको सुनेको छु। एमालेले धाँधली गर्दैन, गर्न पनि दिँदैन।'
पछिल्ला केही दिन अगाडिबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०६४ मा निर्वाचनमा आफ्नो दलको अवस्थाबारे उल्लेख गर्दै पुन त्यस्तै अवस्थामा पार्टीलाई पूर्याएर देशको पहिलो पार्टी बन्नुपर्ने बताउँदै आएका छन्।
असोज १७, २०७८ आइतबार १७:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।