ओलीले भने : ओम्नी भन्दै बदनाम गर्न हल्ला चलाइन्छ
ललितपुर : विधान महाधिवेशनमा उठेको प्रश्नको जवाफ दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि चारैतिरबाट हमला भइरहेको दाबी गरेका छन्। गोदावरीमा जारी विधान सम्मेलनमा सम्बोधन गर्दै उनले एमाले महाधिवेशनमा तामझाम देखिएको भन्दै आलोचना भएको भन्दै भने' हामी व्यक्ति र मूर्ति पूजक हैनौँ।'
उनले ओम्नी भन्दै पार्टीको बदनाम गर्न हल्ला चलाउने गरेको दाबी गर्दै भने 'हामीले जित्नुपर्छ। जित्दै जानेछौँ। सानातिना हावाले दीर्घकालीन असर पर्दैन।'
उनले 'एमालेको महाधिवेशनमा ब्यानर , झन्डा र तामझाम देखियो भनेर विरोधीहरूले छाती पिटिरहेको बताए।
विधान महाधिवेशन स्थलमा ओलीको कट आउट राखेको, मुख्य मञ्चमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ लगायताको तस्बिर नराखेको, पानीको बोतलमा समेत ओलीको तस्बिर राखेर सम्मेलनलाई व्यक्ति पूजक बनाएको भन्दै आलोचना भएको थियो।
उनले विरोधीले थप्पड हानेर हिँडिसकेपछि विरोधी हो हैन भनेर शास्त्र पल्टाउन थाल्ने गरेको भन्दै एमाले नेतृत्वको सरकार ढालेर जसले क्रान्ति गरे ती विरोधी भएको बताए। उनले आफु बाँची रहेकाले विरोधी चिन्तित भएको दावी समेत गरे। ' म बाँचेकोमा चिन्तित छन् त म के गरुँ' औलीले भने।
असोज १७, २०७८ आइतबार १६:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।