अखिल क्रान्तिकारीकाे अध्यक्षमा पञ्चा सिंह चयन
काठमाडाैंः अखिल क्रान्तिकारीकाे अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन्। आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई अध्यक्ष बनाइने निर्णय सुनाएका हुन्।
अखिल क्रान्तिकारीले अध्यक्ष छान्ने जिम्मा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई दिएकाे थियाे। साेही अनुसार आज बिहान दाहालले सिंहलाई अध्यक्ष चयन गरेका हुन्।
याेसँगै अखिल क्रान्तिकारीकाे अध्यक्ष बन्ने सिंह पहिलाे महिला भएकी छिन्। उनी क्रान्तिकारीकाे निवर्तमान उपाध्यक्ष पनि हुन्।
कालीकोटको महावैमा जन्मिएकी सिंह १४ वर्षकै उमेरमा २०५८ सालमा भूमिगत भएकी थिइन्। उनी क्रान्तिकारीकाे ०५९ सालमा जुम्ला जिल्ला कोषाध्यक्ष भएकी थिइन्। ०६२ मा जुम्ला र कालीकोट जिल्ला अध्यक्ष भएकी उनी ०६५ सालमा भेरी-कर्णालीको सञ्याेजक पनि भएकी थिइन्।
असोज १७, २०७८ आइतबार १२:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।