डाेटीले तीन महिनापछि बल्ल पायाे प्रजिअ

डाेटीले तीन महिनापछि बल्ल पायाे प्रजिअ

डाेटीः तीन महिनायता प्रमुख जिल्ला अधिकारीविहीन बनेकाे डाेटीमा गृह मन्त्रालयले बल्ल प्रजिअ खटाएको छ। निमित्तका भरमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयले शङ्करबहादुर विष्टलाई प्रजिअ तोकेको हो।

उनले यसअघि बाँके जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी भएर कामकाज सञ्चालन गरेका थिए। यसअघिका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल गत असारमा गृह मन्त्रालयमा सरुवा भएका थिए। त्यसयता निमित्त प्रजिअ किरण जोशीले कामकाज चलाउँदै आएका थिए।  

प्रजिअ र प्रशासकीय अधिकृतसमेत नहुँदा जिल्लामा काम गर्न निकै समस्या भएको थियो।

असोज १७, २०७८ आइतबार ०८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।