माैसम अपडेट : प्रदेश १ र २ का अधिकांश स्थानमा भीषण वर्षा
काठमाडाैंः भारतकाे बिहार तथा आसपासका क्षेत्रमा न्यून चापीय क्षेत्रकाे प्रभाव नेपालसम्मै परेकाले आज पनि नेपालकाे माैसम प्रणालीमा सामान्य बदली हुने भएकाे छ। आज प्रदेश १ र २ का अधिकांश क्षेत्रमा वर्षा हुनेछ।
यस्तै हाल प्रदेश १, २ तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र प्रदेश २ का केही स्थानहरूमा भीषण वर्षाको संभावना छ। हिजाे शनिबार पनि प्रदेश २ का केही स्थानमा भीषण वर्षा भएकाे थियाे।
यस्तै नदीमा पानीकाे बहाव बढ्ने भएकाले प्रदेश १ र २ का नदी किनारका स्थानीयलाई महाशाखाले सतर्कता अपनाउन आग्रह गरेकाे छ।
असोज १७, २०७८ आइतबार ०७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।