बुढानीलकण्ठ नगरपालिकामा प्रकाशशरणको प्यानल पराजित

बुढानीलकण्ठ नगरपालिकामा प्रकाशशरणको प्यानल पराजित

काठमाडौँ : नेपाली काँग्रेस बुढानीलकण्ठ नगरपालिकाको सभापतिमा संस्थापन समूहलाई पराजित गर्दै राजाराम बुढाथोकी निर्वाचित भएका छन्। 

शनिवार सम्पन्न नगर अधिवेशनमा बुढाथोकीले १ सय ५५ मत ल्याएर प्रतिस्पर्धी राजन बुढाथोकीलाई पराजित गरे। बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत पाएका थिए।

पराजित बुढाथोकी डा प्रकाशशरण महत प्यानलका उम्मेदवार हुन्।। राजारामलाई केन्द्रीय सदस्य गगन थापाको समर्थन थियो।  काठमाडौँमा गगन र पूर्व महामन्त्री प्रकाशमान सिंह समूहबिच सहकार्य भएको छ।

उनीहरूको विपक्षमा शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाले प्यानल बनाएका छन्। सो क्षेत्र प्रकाशशरणले जिम्मा पाएका थिए। बुढानीलकण्ठ नगरपालिका क्षेत्र नम्बर ४ र ५ मा पर्छ। वडा नम्बर ३, ४, ५, र ७   सह महामन्त्री महतको निर्वाचन क्षेत्र हो। शनिवार भएको निर्वाचनमा उपसभापतिमा सानु कान्छा श्रेष्ठ र शम्भु कार्की, सचिवमा विजेन्द्र श्रेष्ठ र बिजेन्द्र पुडासैनी, सहसचिवमा कुमार खड्का र निर्मला आचार्य विजयी भए।

असोज १६, २०७८ शनिबार २१:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।