नेतापिच्छेका उम्मेदवारले अखिल क्रान्तिकारीमा समस्या : अध्यक्ष छान्ने जिम्मा प्रचण्डलाई

नेतापिच्छेका उम्मेदवारले अखिल क्रान्तिकारीमा समस्या : अध्यक्ष छान्ने जिम्मा प्रचण्डलाई

काठमाडौँ : नेतापिच्छेका उम्मेदवारका कारण सङ्गठनमा विवाद हुने भएपछि माओवादी केन्द्रले अखिल क्रान्तिकारीको नेतृत्व चयनको जिम्मा पार्टी अध्यक्षलाई दिएको छ।

पार्टी नेतृत्व लोकतान्त्रिक विधिबाट निर्वाचनमार्फतबाट भन्दा पनि सर्वसम्मत चयनको पक्षमा देखिएको थियो। तर केन्द्रीय नेतापिच्छेका अध्यक्षका उम्मेदवार भएपछि शनिवार बसेको स्थायी कमिटी बैठकले अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मेवारी प्रचण्डलाई दिने निर्णय गरेको हो।

अध्यक्षमा सुरेन्द्र बस्नेत,पञ्च सिंह, तिलकराज भण्डारी, दीपक देवकोटा, विजय गौतम, उत्तम अधिकारी र दिनेश पुनले दाबी गरिरहेका छन्। आकाङ्क्षीपिच्छे केन्द्रीय नेता रहेकाले सर्वसम्मत सम्भव छैन। निर्वाचनमा जाँदा विवाद हुने भन्दै नेतृत्व तयार देखिएको छैन।

‘विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ। सबै  समान हैसियतका छन्, समान क्षमता राख्छन्’, सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महराले भने, ‘छनोट गर्ने जिम्मेवारी अध्यक्ष कमरेडलाई दिइएको छ।’

असोज १६, २०७८ शनिबार २१:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।