काेराेना अपडेट : थप ८ सय ६७ मा कोरोना सङ्क्रमण

काेराेना अपडेट : थप ८ सय ६७ मा कोरोना सङ्क्रमण

काठमाडाैंः पछिल्लो २४ घण्टामा देशभरमा ८ सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लाे विवरणअनुसार आठ हजार २ सय १९ जनामा कोरोना परीक्षण गर्दा ८ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको हो।

याेसँगै देशभर सक्रिय सङ्क्रमितकाे सङ्ख्या १७ हजार ६ सय ४२ जना पुगेको छ। यस्तै पछिल्लाे २४ घण्टामै एक हजार एक सय २३ जना सङ्क्रमणमुक्त भएका छन्। याेसहित सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६७ हजार ८ सय १९ छ। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.४ प्रतिशत छ।

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको ज्यान गएको छ। याेसहित कूल मृतक सङ्ख्या ११ हजार एक सय ५७ पुगेकाे छ।

असोज १६, २०७८ शनिबार १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।