'पहिला माओवादी आयो भन्नासाथ थरर हुन्थे, अहिले त हेप्छन्'

'पहिला माओवादी आयो भन्नासाथ थरर हुन्थे, अहिले त हेप्छन्'

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०६४ मा माओवादीको नाममा जारी आतङ्क सम्झँदै पुन उस्तै हुन निर्देशन दिएका छन्।

पार्टीको कार्यक्रममा ललितपुरमा बोल्दै उनी २०६४ मा माओवादी भन्दा थरर हुने, गुन्डाहरू भाग्ने गरेको भन्दै अहिले भने हेप्ने गरेको भन्दै' कोही आइलागे जाइलाग्न' निर्देशन दिए।

उनले लाखौँ तालिमप्राप्त सेना भएको पार्टी भएको दाबी गर्दै भने' किन डराउने?'

२०६४ ताका माओवादीले वाइसिएलमार्फत देशभर सुरक्षा सङ्गठनझैँ समानान्तर गतिविधि चलाएको थियो। जग्गा कब्जा ,व्यक्ति अपहरण ,हत्याका घटनामा माओवादी नेता/कार्यकर्ता संलग्न भएका थिए।  उनले तीनै दिन सम्झँदै अहिले हेपिएको अभिव्यक्ति दिए।

उनले गणतन्त्र माओवादीले ल्याएकाले अब घर-घरमा यसबारे भन्दै हिँड्नुपर्ने, गणतन्त्र विरोधीको प्रतिरोध गर्नसके चुनाव जित्न सक्ने बताएका थिए।

उनले कार्यक्रममा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए। एमालेको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने उनको निष्कर्ष थियो।

एमाले गणतन्त्र विरोधी, संघीयताविरोधी रहेको भन्दै उनीहरूले माओवादीमाथि आक्रमणको योजना बनाइरहेको उनको दाबी थियो।

असोज १६, २०७८ शनिबार १७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।